Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको रिकरिङ निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकको रिकरिङ निक्षेप गोल क्याल्कुलेटर


काठमाडौं  । कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । बैंकले ग्लोबल मनी विकको १२औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ ।

ग्लोबल मनी विक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो, जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिकरूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्छ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्छ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्छ । जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्छन् । बैंकले रिकरिङ निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरूजस्तै ईएमआई क्याल्कुलेटरहरू पनि उपलब्ध भएको बताएको छ । रिकरिङ निक्षेप क्याल्कुलेटर निःशुल्क प्रयोग गर्न तत्कालका लागि कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको हाल देशव्यापी तीन सय दुई वटा शाखा सञ्जाल तीन सय १४ एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया