Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई पे एपमा रिफन्डेबल टिकटको प्रयोग बढ्यो

आइएमई पे एपमा रिफन्डेबल टिकटको प्रयोग बढ्यो


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या हजारौंमा पुगेको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।

आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवद्र्धन भएको एक वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया