Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल मनी विकमा नबिल बैंकको कार्यक्रम

ग्लोबल मनी विकमा नबिल बैंकको कार्यक्रम


काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको देशकै अग्रणी बैंक नबिलले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर प्रोटेक्ट योर मनी, सेक्युअर योर फ्युचर भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । नबिल बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिकरूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ । ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका छ सय ७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए । त्यस्तै, मधेश प्रदेशका दुई सय २० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए । बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट चार सय २५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी ¥यालीमा बैंकले सहभागिता जनाएको थियो । जसमा करिब तीन सय जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए । लुम्बिनी प्रदेशका एक सय ३५ र सुदूरपश्चिम प्रदेशका एक सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै, कर्णाली प्रदेशमा करिब दुई सय ४० जना विद्यार्थी लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा आठदेखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरूबीच दुई तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो । अन्तिम नतिजा यसै साता घोषणा गरिने बैंकले जानकारी दिएको छ । यस कार्यक्रमअन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ । नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैङ्किङलाई अभिप्रेरित गर्नका लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै, सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जालगायतका कार्यक्रम सञ्चालन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया