Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बेैंकद्वारा ग्लोबल मनी विक–२०२४ कार्यक्रम सम्पन्न

एभरेस्ट बेैंकद्वारा ग्लोबल मनी विक–२०२४ कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले यही चैत पाँच गतेदेखि सप्ताव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक–२०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै तीन हजारभन्दा बढी विद्यार्थीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराएको बैंकले जानकारी दिएको छ । प्रोटेक्ट योर मनी, सेक्युअर योर फ्युचर भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सिप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइयो थियो ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्ना एक सय २८ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६४ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बंैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया