Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टान्डर्ड चार्टर्ड बैंकको शाखा धरानको मुकुम्लुङ कम्प्लेक्समा

स्टान्डर्ड चार्टर्ड बैंकको शाखा धरानको मुकुम्लुङ कम्प्लेक्समा


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले धरानको मुकुम्लुङ कम्प्लेक्स, रमाइलो चोकमा शाखा उद्घाटन गरेको छ । आइतबार एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरिएको हो । बैंकका अनुसार शाखाले पूरक मोबाइल बैंकिङ र डिजिटल मार्केटिङ उत्पादनहरूको साथमा परिष्कृत व्यक्तिगत र ग्राहक–केन्द्रित अनुभवसहित बैंकिङका नयाँ अन्तक्र्रियात्मक सेवाहरू प्रदान गर्नेछ । बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्डअनुसार नयाँ डिजाइनहरू पनि अपनाएको छ । जसले कर्मचारीहरूलाई काम गर्ने नयाँ तरिकाहरूलाई अनुमति दिन्छ । यस शाखामा पार्किङ र एटीएम सुविधाका लागि प्रशस्त ठाउँका साथै बैठक कोठा र वेटिङ लाउन्जलगायत प्राथमिकताका बैंकिङ ग्राहकका लागि छुट्टै ठाउँहरू छन् ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली, ब्रिटिस गोर्खाज नेपालका वेटर्न सर्भिसका प्रमुख मेजर (निवृत्त) मानवी गुरुङ र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गोर्खा राणाले संयुक्तरूपमा गरेका थिए । कार्यक्रममा बैंकका डीसीओले भने, ‘हामी धरानमा हाम्रो शाखाको उद्घाटन गर्न पाउँदा खुसी छौं जुन द्रूतरूपमा बढिरहेको बजार हो । हामीले हाम्रो उपस्थिति र देशका अन्य भागहरूमा पनि ग्राहकको पहुँचलाई अझ बलियो बनाउने योजना बनाएका छौँ । नेपालमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको उद्देश्य पनि वाणिज्य र समृद्धिलाई अगाडि बढाउनु र देशको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउनु हो ।’ धरानका शाखा प्रबन्धक निवेश श्रेष्ठ र उनका कर्मचारीले १८ सय स्क्वायर फुटको नयाँ शाखामा नयाँ तथा विद्यमान ग्राहकलाई स्वागत गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया