Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने

सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने


काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले चुक्ता पुँजी दुई अर्ब पुर्याउन २५ प्रतिशत बारबार हुने ५० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको जनाएको छ । काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अनुसार साधारणसभाले एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षक नियुक्त गर्न सञ्चालक समितिले गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया