Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम

समृद्धि फाइनान्सको निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम


काठमाडौं  । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पुतलीसडक कार्यालयद्वारा एक दिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्यान्डमा सम्पन्न भएको हो ।

आर्सिया डेन्टल तथा जेजीएसआई केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए । सो कार्यक्रममा दन्त परीक्षणअन्तर्गत दुई सय ८० जना र आँखा परीक्षणमा तीन सय २९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुभएको जानकारी फाइनान्सले गराएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रमहरू तय गरेकोमा चैत्र महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरूको लागि विभिन्न मितिहरूमा अन्य कार्यक्रमहरू आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद काराबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया