Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सनराइज बैंकद्वारा कार्बन उत्सर्जनसम्बन्धी प्रतिवेदन सार्वजनिक

लक्ष्मी सनराइज बैंकद्वारा कार्बन उत्सर्जनसम्बन्धी प्रतिवेदन सार्वजनिक


काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरणीय उत्तरदायित्वको प्रतिबद्धताअनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्काशित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार नौ सय ६५ दशमलव ११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जामार्फत तीन हजार छ सय ४४ दशमलव ५१ टन र आवासीयमार्फत १२ हजार तीन सय २० दशमलव ६० टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन भएको छ ।

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसीप (पीसीएएफ)सँग सन् २०२१ देखि आबद्ध हुँदै आएको छ । यो वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो । जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्यासको मूल्याङ्कन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्छ, बैंकले प्रतिवेदनमार्फत भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया