Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको प्रमुख कार्यकारी परिवर्तन

गरिमा विकास बैंकको प्रमुख कार्यकारी परिवर्तन


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले निवर्तमान प्रमुख कार्यकारी अधिकृतको बिदाइ तथा नयाँको स्वागत गरेको छ । बैंकले शनिबार बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाइ तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी सम्पन्न गरेको छ ।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरू, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरीवेक्षकहरू, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरू तथा अन्य कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै विकास बैंकको मिति २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधवप्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनीयताको समथ ग्रहणपश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाइमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैंकलाई यो उचाइसम्म पुर्याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर एक सय २३ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया