Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

नेपाल एसबीआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने


काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबीआई ऋणपत्र २०९०’ निष्काशन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्काशन गरिने बैंकले जनाएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी कुल ९७ वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट अफिसका साथै एक सय २१ एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया