Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल री इन्स्योरेन्स कम्पनीद्वारा पाँच प्रतिशत लाभांश घोषणा

नेपाल री इन्स्योरेन्स कम्पनीद्वारा पाँच प्रतिशत लाभांश घोषणा


काठमाडौं । नेपाल री इन्स्योरेन्स कम्पनीले पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद नाफामध्येबाट उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार घोषित लाभांशमध्येमा चार दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि सोही परिमाणमा लाभांश वितरण गरेको थियो । बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूले न्यूनतम २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । कम्पनीले गत असारसम्म १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्नका लागि कम्पनीले आगामी आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया