Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच क्यापिटलको सम्झौता

एनआईसी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच क्यापिटलको सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत वडा नं ५, डाँडा गाउँ नगरपालिका, बुढानीलकण्ठ, काठमाडौंमा रजिस्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम कम्पनीको जारी पुँजीको १४ प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्काशन गर्न एनआईसी एसिया क्यापिटल लिमिटेड र क्लासिक भ्यु रिसोर्टबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

क्लासिक भ्यु रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्दराज कुँवरलगायत अन्य सञ्चालक तथा संस्थापक सेयरधनीहरूको रियल इस्टेटलगायत अन्य व्यवसायमा एक दशकभन्दा बढीको अनुभव हासिल गर्नुभएका विज्ञ टिमद्वारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिकरूपमा समेत बलियो रहेकाले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ । क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकको दूरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने देखिन्छ । रिसोर्टले रमणीय परिवेश, सांस्कृतिक विसर्जन अनुभवहरू र पर्यावरण–मैत्रीपूर्ण वातावरणमार्फत ग्राहकहरूको अपेक्षा पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधासहित विलासी आवासदेखि विविध भोजन, मनोरञ्जनलगायतका विभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ । अतुलनीय विलासिता, सांस्कृतिक विसर्जनको प्रतिज्ञासहित दूरदर्शी नेतृत्व, बलियो वित्तीय आधार र उत्कृष्टताप्रति समर्पणका साथ, क्लासिक भ्यू रिसोर्ट नेपालमा लक्जरी आतिथ्यतालाई पुनः परिभाषित गर्दै आम सेवाग्राहीहरूलाई उच्चकोटिको सेवा सुविधा प्रदान गरी पहिलो रोजाइको रिसोर्ट बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । साथै, क्लासिक भ्यु रिसोर्ट सञ्चालनका लागि इन्डियन ख्यातिप्राप्त ब्राण्ड सरोवर ब्राण्डको रोयल टुपिल ब्राण्डसँग व्यवस्थापकीय सम्झौता समेत सम्पन्न भइसकेको छ ।

एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया