Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डद्वारा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

धितोपत्र बोर्डद्वारा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौं, साउन ५
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार भीष्मराज ढुुंगानाले आइतबार बोर्डले चालू आर्थिक वर्षको अघिसार्ने कार्र्यक्रममा बारेमा नीति सार्वजनिक गरेको हो । उक्त नीतिअनुसार चालू आर्थिक वर्षमा दुुई कार्य दिनमा नै सेयर कारोबारको सेटलमेन्ट गरिनेछ । यसअघि तीन कार्यदिनमा सेयर कारोबार सेटलमेन्ट हुुने व्यवस्था रहेको थियो । नीति तथा कार्यक्रममार्फत बोर्डले चालू आर्थिक वर्षभित्रमा नै प्राइभेट इक्वटी फन्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न दिनेसमेतको तयारी गरेको छ । यसैगरी चालू आर्थिक वर्षभित्रमा नै वस्तुु विनिमय बजारसम्बन्धी कम्पनी स्थापना गर्न र कारोबार सुचारु गर्न समअ‍ेतको अनुुमति दिने योजना अघिसारेको छ ।

बोर्डले यसैआर्थिक वर्षभित्रमा सेयर कारोबारलाई पूर्णरूपमा डिजिटलाइजेसन गर्ने समेतको तयारी गरेको छ । यसको लागि बोर्डले अनलाइन ट्रेडिङ प्रणालीमा लगानीकर्ताको डिम्याट र बैंक खाता समाविष्ट गरी अनलाइन कारोबारलाई पूर्ण स्वचालित बनाउने समेतको नीति ल्याएको छ । बोर्डको सरकारी ऋणपत्रहरूलाई पूर्णरूपमा अभौतिकीकरण गरी संस्थागत तथा सरकारी ऋणपत्रहरूको दोस्रो बजारमा नियमित कारोबार गर्नसक्ने व्यवस्था ल्याउने समेतको तयारी गरेको छ । यीबाहेक बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रणनीतिक साझेदार भित्र्याउने, स्टक डिलर सञ्चालन गर्ने, धितोपत्र खरिदबिक्रीमा लाग्ने शुुल्कमा विषयमा आवश्यक छलफल र परामर्श गरी एउटा निश्चित बिन्दुु कायम गर्ने, धितोपत्र बजारमा संस्थागत लगानीकर्ताहरू भित्र्याउने, बोर्र्डको नियमन तथा सुपरीवेक्षकीय क्षमता बढाउने नीति लिएको छ ।

यसैगरी बोर्डले धितोपत्र बोर्डमा हुुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनको लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मार्फत एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने, साना तथा मझौला कम्पनीहरूको कारोबारको लागि छुुट्टै एसएमई प्ल्याट फर्भ तथा अन्य कम्पनीहरूको कारोबारको लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेप्सेलाई सहजीकरण गर्ने, धितोपत्र बजारमा पनि नेपाल फाइनान्सियल रिर्पोटिङ मापदण्ड (एनएफआरएस) कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्ने, बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयहरू खरिद तथा विकास गर्ने योजना अघिसारेको छ । यसका अतिरिक्त बोर्डले नीति तथा कार्यक्रममार्फत धितोपत्र बजारमा गैरआवासीय नेपालीहरूको लगानी गर्न आवश्यक कार्यविधि बनाउने, धितोपत्र पहुँच देशव्यापी बनाउनेलगायतका नीतिहरू अगाडि सारेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया