Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकले नौ दशमलव २५ प्रतिशत ब्याजमा घर कर्जा दिने

सिद्धार्थ बैंकले नौ दशमलव २५ प्रतिशत ब्याजमा घर कर्जा दिने


काठमाडौं, साउन १८
सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई नौ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ ।

सो प्रदान गरिएको कर्जाको ब्याजदर एक वर्षसम्मका लागि स्थिर रहने बैंकले जानकारी दिएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया