Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउकालो लाग्यो सेयर बजार परिसूचक

उकालो लाग्यो सेयर बजार परिसूचक


काठमाडौं, साउन २०
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १४ अंकले ओरालो लागेको सेयर बजार परिसूचक सात दशमलव ५९ अंकले उकालो लागेर १४ सय तीन दशमलव ८६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले उकालो लागेर दुुई सय ९४ दशमलव २४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९० वटा समूहको कारोबार भएका छन् । जसअनुसार १६ हजार छ सय ६६ वटा कारोबारमा ५३ लाख ४२ हजार आठ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २९ करोड दुई लाख ५२ हजार दुई सय १३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार ९ वटा समूहको सूचक उकालो लागेका छन् भने ३ वटा समूहको कारोबार सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव पाँच अंकले उकालो लागेर १२ सय चार दशमलव नौ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक छ दशमलव २४ अंकले उकालो लागेर १७ सय ५८ दशमलव ८६ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि ४६ दशमलव ७१ अंकले उकालो लागेर छ हजार तीन सय ९१ दशमलव ६४ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५८ दशमलव ७४ अंकले उकालो लागेर आठ हजार तीन सय ९१ दशमलव ५८ अंकमा चढेको छ । ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः नौ दशमलव ४४, ३३ दशमलव ७७, आठ दशमलव १५, तीन दशमलव ८२ र १५ दशमलव ७३ अंकले उकालो लागेका छन् । यीबाहेक जलविद्युुत् समूहको सूचक भने तीन दशमलव ५५ अंकले ओरालो लागेर नौ सय ५० दशमलव ९४ अंकमा झरेकोमा फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ८४ र शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् ।

नेप्सेमा बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर तीन सय ५२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले बढेर छ सय ५४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ९० पैसाले घटेर ५४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युुनियन हाईड्रो पावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ५६ पैसाले घटेर ५७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, युनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन प्रभुु बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय २२ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड २९ लाख ६० हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ८९ रुपैयाँ अन्तिम मूल्यमा १० करोड चार लाख १७ हजार छ सय ३९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x