Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोष र आरबीबी मर्चेन्टबीच सम्झौता

नागरिक लगानी कोष र आरबीबी मर्चेन्टबीच सम्झौता


काठमाडौं, भदौ २
नागरिक लगानी कोष र आरबीबी मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । कोषले एक कित्ता सेयरबराबर शून्य दशमलव आठ दुई आठ चार (१ः०.८२८४)का दरले साबिकका सेयरधनीलाई हकप्रद सेयर जारी गर्न आरबीबी मर्चेन्टसँग सम्झौता गरेको हो । प्रतिसेयर एक सयका दरले एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ताबराबरको एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको कोषले जानकारी दिएको छ । हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया