Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सम्झौता


काठमाडौं, भदौ २
माछापुच्छ्रे बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच सम्झौता भएको छ । एक्यानमा आबद्ध सदस्यहहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा बैंकले हस्ताक्षर गरेको हो । द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरूलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट बिनाधितोमा १५ लाखसम्मको प्रोफेसनल कर्जा नौ दशमलव ७५ प्रतिशत ब्याजदरमा प्रदान गरिनेछ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ विसं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनीतिक तथा नेपाली चार्टर्ड एकाउन्टेन्ट्सहरूको एक मात्र पेसागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखा व्यवसायको संरक्षण एवं संवर्द्धन गरी सुव्यवस्थित एवं सुचारुरूपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरूको सामूहिक हितको संरक्षण गर्नु हो ।

सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ससंघको तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्ले माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुुन् । अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने वास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराए ।

लेखापरीक्षण पेसा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष वाग्लेले बताए । साथै संघले गरेको सर्वेको प्रतिवेदनअनुसार सदस्यहरूको हितका लागि संघले कार्यहरू गरिरहेको समेत वाग्लेले बताए । सम्झौतापछि संघका लगभग २४ सय सदस्यहरूलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौतापछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरूलाई निक्षेप खाता, कर्जा तथाअन्य बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया