Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी बज्राचार्यद्वारा पदभार ग्रहण

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी बज्राचार्यद्वारा पदभार ग्रहण


काठमाडौं, भदौ २
ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारबाट पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार ग्रहण गरेका हुुन् ।

पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले अहिलेको बैंकिङ क्षेत्रको चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्नसक्ने नेतृत्व पाएको बताए । ‘उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आईएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रूपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,’ ढकालले भने ।

कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आईएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौती र अवसर दुवै रहेको बताए । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौती आफ्नो सामु रहेको बताए । ‘मर्जरपछि धेरैजसो सूचकहरूमा ग्लोबल आईएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रूपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।’ उनले भने ।

बैंकको सञ्चालक समितिको साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतकोरूपमा नेतृत्व गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले यसअघि एनसीसी बैंकर सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरिसकेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया