Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसुचक १५ सय ६० अंकमा

बजार परिसुचक १५ सय ६० अंकमा


काठमाडौ । 
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार चार दसमलव ७३ अंकले ओरालो लागेर १५ सय ६० दसमलव ८३ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८७ अंकले ओरालो लागेर तीन सय नौ दसमलव ६० अंकमा झरेको छ ।

आज कुुल एक सय ९१ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार ३० हजार पाँच सय ९६ पटकको कारोवारमा ६९ लाख ९७ हजार चार सय २० कित्ता सेयर खरिद बिक्री हुंदा एक अर्ब ६९ करोड एक लाख ५४ हजार पाँच सय २५ रुपैयाँको कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार बिकास बैंक र फाईनान्स समुहको सुचक बढेकाछन भने बाँणिज्य बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका १० वटा समुहको सुचक ओरालो लागेकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया