Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले महानगरीय प्रहरीलाई पोल हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यकाभित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको हो । यसअघि पनि बैंकले २०७७ वैशाख ३१ मा ट्राफिक जनचेतनाका निम्ति ट्राफिक पोलहरू हस्तान्तरण गरेको थियो ।

बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु-याउने बताउँदै यस्तो समाजोपयोगी कार्यमा सहयोग पु-याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ८० लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब १९ करोड २० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ४३ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब २४ करोड २३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया