Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा


काठमाडौँ ।
सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको हो ।

बैंकको चन्द्रपुर शाखा बुुधबार गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुुन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।

सो शाखा सञ्चालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब छ अर्ब ८३ करोड ५७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ५६ करोड ६१ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ ५४ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा एक अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको स्प्रेड दर भने तीन दशमलव ४७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २० करोड ८६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको निष्क्रिय कर्जा शून्य दशमलव शून्य आठ प्रतिशत रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया