Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकैलाश विकास बैंकको शाखा धापाखेलमा

कैलाश विकास बैंकको शाखा धापाखेलमा


काठमाडौं, पुस ११
कैलाश विकास बैंकले ललितपुर महानगरपालिका २३ धापाखेलमा शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार गरेका हुन् । यो नयाँ शाखा सहित बैंकको काठमाडौँ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरी जम्मा एक सय दुुईवटा शाखा पुगेका छन् ।

बैंकको एटीएम काउन्टरको संख्या ४० पुगेको छ । बैंकले निकट भविष्यमा प्राइम कमर्सियल बैंक लिमिटेडसँग समाहित (एक्युजिसन) हुन र आव ०७५/७६ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर र दुई दशमलव ७७ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ७७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न यही पौष २५ गते शुक्रबार २६औँ वार्षिक साधारणसभा आह्वान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी दुई अर्व ५२ करोड रहेको छ । बैंकले हाल सम्म ३३ अर्ब ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर लगानीकर्ताहरूको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरू प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया