Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्ने

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्ने


बागलुड. ।
राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्नेभएको छ । सहकारी बैंकले एउटा प्रदेशमा नमूना परियोजना सञ्चालन गर्ने योजनाअन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय नमूना परियोजना अगाडि बढाउन लागेको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावि कार्यदिशा सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै बैकका अध्यक्ष केबी उप्रेतीले उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्ने गरी सञ्चालन गर्न लागिएको परियोजना सहकारी संघसंस्थाहरूमार्फत नै गरिने बताए ।

त्यस्तै प्रत्येक प्रदेशमा एउटा पालिकामा गरिबी निवारणका नमूना परियोजना सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । गरिब घर पहिचान गरी सबैभन्दा बढी गरिब घर परिवार भएको एउटा प्रदेशको एउटा पालिकामा कार्यक्रम अगाडि बढाउने बैंकले तयारी गरेको छ । देशभरका सहकारी संघहरूमध्ये पहिलो चरणमा १० वटा संघहरूको संस्थागत विकासमा बैंकले सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

कार्यक्रमका सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरूलाई सहजीकरण गरेर सहजरूपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका थिए ।

सहकारी ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्य कारोबार, दोहोरो सदस्यता, साधारणसभा, ब्याजदरलगायतका विषयमा सहकारीकर्मीहरूमा अन्यौलता देखिएको र त्यसको व्यवस्थापनमा सहकारी अभियान र विभागले समन्वय गर्नु पर्नमा सहभागीहरूको जोड थियो ।

सहकारी क्षेत्रलाई कमजोर बनाउन विभिन्न तरिकाले सहकारी अभियानबीच फाटो ल्याउने, अनावश्यक प्रतिस्पर्धा गर्नेजस्ता क्रियाकलापले सहकारी क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने भएकाले एकीकृत भावना र योजनाका साथ अगाडि बढ्नुपर्ने सहकारीहरूको भनाइ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया