Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १५ सय ६२ अंकमा

सेयर बजार १५ सय ६२ अंकमा


काठमाडौं  ।
सेयर बजार परिसूचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन सात दशमलव ४२ अंकले ओरालो लागेको बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने एक दशमलव २९ अंकले उकालो लागेर १५ सय ६२ दमसलव ४६ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३३ अंकले उकालो लागेर तीन सय १० दशमलव आठ अंकमा चढेको छ । यसदिन कुल एक सय ९६ वटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट २३ हजार ८९ पटकको कारोबारमा ४९ लाख ९४ हजार तीन सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ४२ करोड ५८ लाख ९० हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार पाँचवटा समूहको सूचक उकालो लाग्दा सातवटा समूहको सूचक ओरालो लागेको छ । तीमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव नौ अंकले उकालो लागेर १२ सय ४९ दशमलव दुई अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि सात दशमलव एक अंकले उकालो लागेर १३ सय ३१ दशमलव आठ अंकमा चढेको छ । यसैगरी ट्रेडिङ समूहको सूचक पनि तीन दशमलव १९ अंकले उकालो लागेर एक हजार ५२ दशमलव तीन अंकमा चढेकोमा अन्य समूहको सूचक पनि छ दशमलव ५५ अंकले उकालो लागेर एक हजार १३ दशमलव २४ अंकमा चढेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले उकालो लागेको छ ।

विकास बैंक समूहको सूचक भने यसदिन ११ दशमलव एक अंकले ओरालो लागेर दुुई हजार ५६ दशमलव ५७ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २४ दशमलव ४२ अंकले ओरालो लागेर सात हजार सात सय चार दशमलव १९ अंकमा झरेको छ । यसैगरी लघुवित्त समूहको सूचक पनि एक दशमलव छ अंकले ओरालो लागेर २५ सय १५ दशमलव ८९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १६ दशमलव आठ अंकले ओरालो लागेर नौ हजार चार सय ४२ दशमलव २० अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स र उत्पादनमूलक पनि क्रमश १५ दशमलव ८५, शून्य दशमलव ३२ र २९ दशमलव ५५ अंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य नौ दशमलव ८७ प्रतिशतले बढेर तीन सय ३४ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ८५ प्रतिशतले बढेर तीन सय ६८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन हाइड्रोपावर कम्पनी, लक्ष्मी उन्नति कोष आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच दशमलव २१ प्रतिशतले घटेर छ सय ७३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण खोला जलविद्युुत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव आठ प्रतिशतले घटेर एक सय १२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एक्सेल डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ४० लाख ८४ हजार दुई सय २३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ५८ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ८४ लाख ९१ हजार पाँच सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया