Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको एक्सटेन्सन काउन्टर वीरगञ्जको जिल्ला प्रशासन कार्यालयमा

प्रभु बैंकको एक्सटेन्सन काउन्टर वीरगञ्जको जिल्ला प्रशासन कार्यालयमा


काठमाडौं ।
प्रभु बैंकले पर्सा वीरगञ्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको हो ।

बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय नौवटा शाखा कार्यालय, एक सय ९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख सात हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब ४९ करोड ४३ लाख ५४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ९९ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६४ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब आठ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ८१ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ५७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख छ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया