Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूचक तथा कारोबार रकम दुवै घटे

सूचक तथा कारोबार रकम दुवै घटे


काठमाडौं, पुस १६
सेयर बजार परिसूचक तथा कारोबार रकम दुुवै नै ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ५३ अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार एक दशमलव ९२ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव तीन अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव एक अंकले ओरालो लागेर दुुई सय ५२ दशमलव एक अंकमा झरेको छ । यसदिन कुुल एक सय ७७ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसअनुुसार छ हजार पाँच सय ३२ वटा कारोबारमा १३ लाख दुुई हजार नौ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४४ करोड २२ लाख ५६ हजार एक सय ५६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार छवटा समूहको सूचक उकालो लागेका छन् भने छवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव चार अंंकले उकालो लागेर एक हजार ३४ दशमलव ८४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि चार दशमलव ८८ अंकले उकालो लागेर १५ सय ८५ दशमलव २८ अंकमा चढेको छ । यसैगरी जलविद्युुत् समूहको सूचक पनि छ दशमलव ४५ अंकले उकालो लागेर नौ सय ३२ दशमलव नौ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १८ दशमलव ९७ अंकले उकालो लागेर १६ सय ३८ दशमलव २३ अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ र होटल समूहको सूचक पनि क्रमशः १३ दशमलव ७९ र ३२ दशमलव १६ अंकले उकालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक भने यसदिन १३ दशमलव ७५ अंकले ओरालो लागेर चार हजार पाँच सय ५८ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि चार दशमलव आठ अंकले ओरालो लागेर पाँच हजार नौ सय ९३ दशमलव ७८ अंकमा झरेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः चार दशमलव दुुई, ११ दशमलव ८९, २८ दशमलव १९ र शून्य दशमलव शून्य एक अंंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य सात रुपैयाँ ८० पैसाले बढेर १८ सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिभिल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रुपैयाँ ७६ पैसाले बढेर पाँच सय ८३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुुवित्त वित्तीय संस्था आदि परेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको सेयर मूल्य पाँच रुपैयाँ ८९ पैसाले घटेर छ सय २३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ १७ पैसाले घटेर ५५ रुपैैयाँमा किनबेच भएको छ । यीबाहेक मञ्जुुश्री फाइनान्स, आईसीएफसी फाइनान्स आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता नौ सय ७४ रुपैयाँ अन्तिम मूल्यमा छ करोड १७ लाख ८५ हजार सात सय १० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता चार सय ६४ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ७८ लाख १५ हजार आाठ सय ३२ रुपैैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

आठवटा बैंक तथा फाइनान्सहरुको सेयर मूल्य समायोजन :- साताको तेस्रो कारोबार दिन मंगलबार आठवटा बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यसदिन दुुईवटा फाइनान्स कम्पनीसहित लघुुवित्त र हाइड्रोपावर कम्पनीले सेयर मूल्य समायोजन गरेका हुुन् ।

सोमध्ये आईसीएफसी फाइनान्सले पाँच प्रतिशत बोनस समायोजन गरी एक सय ५२ रुपैयाँ ३८ पैसा तोकेको छ । यसैगरी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि २३ दशमलव ९५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ६९ रुपैयाँ ६२ पैसा तोकेको हो । यसैगरी मञ्जुुश्री फाइनान्सले पनि एक दशमलव ७५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ३९ रुपैयाँ ५६ पैसा तोकेको छ । क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंक्ले पनि यसदिन १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय १६ रुपैयाँ ३६ पैसा तोकेको छ ।

नेप्सेका अनुसार यसदिन छयाङदी हाइड्रोपावर कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ८९ रुपैयाँ ५२ पैसा तोकेको छ । यसैगरी मिथिला लघुुवित्त वित्तीय संस्थाले पनि १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ६६ रुपैयाँ नौ पैसा तोकेको छ । उन्नती लघुुवित्त वित्तीय संस्थाले पनि ३८ दशमलव ६० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ३३ रुपैयाँ ४८ पैसा तोेकेको छ । यसैगरी फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि यसदिन ३२ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक हजार ५२ रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया