सिभिल बैंकको सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम
काठमाडौं, पुस १६
सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो नवौैँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको हो । सो कार्यक्रमअन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजार तीन सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
यसैगरी बैंकले आफ्नो २८ शाखाहरुमार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टबिन प्रदान गरेको छ भने लेखनाथस्थित त्रिभुवनशान्ति नमुना माध्यमिक विद्यालयलाई पनि पाँच थान डस्टबिन प्रदान गरेको छ । बैंकको चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीनहरुको सहयोगार्थ एक सय थान विशेष छडी प्रदान गरेको छ । बैंकको इलामस्थित माइजोगमाइ शाखामार्फत आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।
यसैगरी बैंकको झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटी सोसिएल सर्भिसलाई वर्षभरिको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कुल ड्रेस प्रदान गरेको छ । यसैगरी बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ एक थान प्रिन्टर प्रदान गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया