Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिःशुल्क तालिम तथा सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा

निःशुल्क तालिम तथा सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल


काठमाडौं ।
नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (स्टार्ट अप आइडिया कल) कार्यक्रम सुरु भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्तरूपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम सुरु भएको हो ।

काठमाडौँंमा बुधबार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइडिया कलको समुद्घाटन गरेका हुुन् । समुद्घाटन मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरूबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पुँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाइ थियो ।

आयोजकका अनुसार २०७७ माघ महिनाभरि उद्यमी बन्न चाहने युवाका लागि नवीनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को डल्लूडब्लू स्टार्टअपआईडियाकल डट ओआरजी वेबसाइटमार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरूलाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले वाग्मती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरूलाई लगानी गरिने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए ।

नयाँ–नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरूलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरूलाई गरी फागुन र चैत्र महिनामा तालिम प्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुनेछ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री माननीय कैलाप्रसाद ढुंगेल, राष्ट्रियसभाका सांसद डा. बिमला राई पौडेल, वाग्मती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा युवा उद्यमी तथा सरोकार पक्षहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया