Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र आइडिया नेपालबीच सम्झौता

ग्लोबल आईएमई बैंक र आइडिया नेपालबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरको रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरूलाई आवश्यक बैंकिङ सेवामा विशेष सहुलियत प्रदान गर्नेछ । आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरूको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरूको वृत्ति विकासका साथै पेसागत हकहितका लागि कार्यरत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया