Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकद्वारा ११ दशमलव पाँच प्रतिशत लाभांश घोषणा

लक्ष्मी बैंकद्वारा ११ दशमलव पाँच प्रतिशत लाभांश घोषणा


काठमाडौं ।
लक्ष्मी बैंकले ११ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही मंसिर २९ गते सोमबार बसेको सञ्चालक समितिको दुई सय ३६औं बैठकले लाभांश वितरणसम्बन्धी घोषणा गरेको हो । घोषित लाभांशमध्येमा नौ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरको कर प्रयोजनको लागि दुुई दशमलव पाँच प्रतिशत अर्थात् २४ करोड ५३ लाख १३ हजार नौ सय ८८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । बैंक सञ्चालक समितिले गरेको उक्त लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया