Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबीओकेका ग्राहकलाई तिनाउ इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट

बीओकेका ग्राहकलाई तिनाउ इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)का ग्राहकले तिनाउ हस्पिटलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले तिनाउ इन्टरनेसनल हस्पिटल प्रालि, बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यामबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट पाउने भएका हुुन् । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेसनल हस्पिटल प्रालि, बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन् । बीओकेले हाल ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।



तपाईको प्रतिक्रिया