Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरूलाई विनाधितो कर्जा दिने

मेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरूलाई विनाधितो कर्जा दिने


काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले सुनचाँदी व्यवसायमा संलग्न महिलाहरूलाई विनाधितो कर्जा दिने भएको छ । बैंकले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरूलाई विनाधितो ब्याज अनुदान कर्जा दिने भएको हो ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरूलाई १५ लाख रूपैयाँसम्म विनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरूले यो कर्जा पाउनेछन् । यो कर्जाले महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।



तपाईको प्रतिक्रिया