Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाफामा आक्रामक बन्दै राष्ट्रिय सहकारी बैंक

नाफामा आक्रामक बन्दै राष्ट्रिय सहकारी बैंक


काठमाडौं ।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रुपैयाँ रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ५३ करोड पाँच लाख रुपैयाँ रहेको थियो । बैंकको चालू आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको दुई अर्व ८३ करोड शेयर पुँजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।

त्यस्तै बैंकको जगेडा कोषमा एक अर्व तीन करोड ८९ लाख रहेको छ । ७७ जिल्लाका सबैखाले सहकारी संघसंस्थाहरू सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार छ सय सहकारी संघ र संस्था सदस्य रहेका छन्, भने बैंकका सात प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया