Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकालिका लघुवित्तको दोस्रो त्रैमासिक नाफा दुई करोड ७५ लाख

कालिका लघुवित्तको दोस्रो त्रैमासिक नाफा दुई करोड ७५ लाख


काठमाडौं  ।
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुुई करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २७ लाख नौ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १२ करोड ९६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६५ करोड ८२ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १३ करोड तीन लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब एक करोड ९७ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४८ करोड एक लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा आठ करोड १६ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव एक प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया