Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको लाभांश पारित

सिभिल बैंकको लाभांश पारित


काठमाडौँ ।
सिभिल बैंक लिमिटेडको लाभांश पारित भएको छ । बैंकको आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको १०औं वार्र्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको आठ प्रतिशतका दरले हुन आउने ६४ करोड दुुई लाख ७१ हजार एक सय ७३ रुपैयाँबराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने तीन करोड ३६ लाख ९८ हजार चार सय ४२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।

सभाले २०७७÷७८ को लेखापरीक्षण गर्नको लागि ‘एनबीएसएम एण्ड एसोसियट्स’ लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने तथा गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) हुने वा स्वदेशी वा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करिब पाँच लाखभन्दा बढी ग्राहकहरूलाई एक सय १४ वटा शाखाहरू, छवटा एक्सटेन्सन काउन्टरहरू तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकले करिब ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया