शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश

काठमाडौं ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औँ वर्षमा प्रवेश गरेको छ । १२औँ वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नवनिर्मित आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले पत्रकार सम्मेलन गरी राष्ट्रियस्तरमा स्तरोन्नति भए पनि लुम्बिनी प्रदेशलाई केन्द्र मानेर समग्र बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।
बैंकलाई समुदायको भावना र चाहनाअनुसार अगाडि बढाउँदै आएको र लुम्बिनी प्रदेशवासीको पहिलो रोजाइको बैंक बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । उनले राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा साथ बैंक अगाडि बढेको जानकारी दिए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले १२ वर्षअघि छ करोड पुँजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी चार अर्व १२ करोड पुगेको जानकारी दिए । बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौँमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीनवटा एक्स्टेन्सन काउन्टर रहेका छन् । लुम्बिनी प्रदेशमा शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी, ग्राहक संख्या सबै हिसाबले शाइन रेसुंगा बैंक एक नम्बरमा रहेको छ ।अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४ दशमलव ६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १० दशमलव ९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिए ।
बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोबार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा विकास बैंक, प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव विकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको विकास बैंक बनेको अध्यक्ष पौडेलले बताए । त्यसैगरी बैकमा दुुई सय ७२ महिला र तीन सय ३५ जना महिला गरी छ सय सात कर्मचारी तथा एक सय ६७ जना सुरक्षागार्ड गरी सात सय ७४ जनाले रोजगारी प्राप्त गरेका छन् ।
बैंकको लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ६८ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय, वाग्मती प्रदेशको चितवनमा एक, काठमाडौँमा तीन, गण्डकी प्रदेशको बाग्लुङमा एक गरी ७३ वटा शाखा कार्यालयहरू र एउटा एक्सटेन्सन कार्यालय सञ्चालनमा रहेका छन् भने काठमाडौँमा दुईवटा, पोखरामा एउटा, सुदूरपश्चिम प्रदेशको धनगढीमा एक र महेन्दनगरमा एक शाखा कार्यालयको भौतिक संरचना निर्माण भइरहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
बैंकको चार लाख २३ हजारभन्दा बढी ग्राहकहरू रहेका छन् । नेपाल राष्ट्र बैंकले कुल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरेकोमा बैंकले २०७७ पुस मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कुल कर्जाको २४ दशमलव ६९ प्रतिशत लगानी गरेको छ भने कृषिलगायत ब्याज अनुदानमा आधारित कर्जा १० दशमलव ९९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।
बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जाअन्तर्गत तीन सय चार जना ऋणीलाई २४ करोड पाँच प्रतिशत ब्याजदरमा प्रदान गरिएको छ । महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा छ जना ऋणीलाई चार करोड १९ लाख तीन प्रतिशत ब्याजदरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ । साधारण पुनरकर्जाअन्तर्गत ७२ जना ऋणीलाई ६४ करोड छ लाख पाँच प्रतिशत ब्याजदरमा प्रदान गरिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया