Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सको सबै सेवा च्याटबटबाट आफूलाई पायक पर्ने ठाउँबाट लिन सकिने

शिखर इन्स्योरेन्सको सबै सेवा च्याटबटबाट आफूलाई पायक पर्ने ठाउँबाट लिन सकिने


काठमाडौं ।
डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनै पनि सेवा लिन चाहानेहरूको संख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरू उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्रमार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरी सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।

आजभोलि अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ । घरमा होस् वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनै पनि ठाउँबाट च्याटबटमार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरूको सेवा लिन सकिने भएको छ । यसकोे लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्ने हुन्छ भने भाइबरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरूका लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ ।

यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबटमार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यसपश्चात् ग्रहाकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् । च्याटबटका कारण ग्रहाकहरूको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतीसँग पनि जुध्न पर्दैन । च्याबटमार्फत शिखर इन्स्योरेन्सको कुनै पनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपत्कालीन र सहजताका लागि ग्रहाकहरूले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरू लिन सक्छन् । ग्रहाकरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नवीकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेटजस्ता सेवाहरू लिन सक्छन् ।

साथै बीमाका ग्राहकहरूले च्याटबटमा आफ्ना सुझावहरू समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरू समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरूले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्नसक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्नेछ । हाल शिखर इन्स्योरेन्सले आफ्ना एक सय तीन शाखाबाट २२ भन्दा बढी बीमाहरूको सेवा विस्तार गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया