Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग


काठमाडौं ।
ज्योति विकास बैंकले सामाजिक सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग गरेको छ । बैंकले संस्थागत सांमाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक, एक थान बेबी वार्मर सहयोग गरेको हो । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्तरूपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।

बैंकले हाम्रो विकास प्रवद्र्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ र सामरी स्वास्थ्य चौकी सामरीलाई एक एक थान बेबी वार्मर प्रदान गरी हालसम्म जम्मा आठवटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धधित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख रुपैयाँ प्रदान गरेको थियो ।

बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरूलाई करिब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया