Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन

शिखर इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन


काठमाडौं  ।
शिखर इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको चौथो कारोबार दिन बुधबार २७ दशमलव ७६ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई हजार ५२ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता २६ सय २२ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने ४६ अर्ब चार करोड ७२ लाख ९६ हजार पाँच सय ५६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ७५ करोड ६१ लाख ८९ हजार आठ सय रुपैयाँबराबरको एक करोड ७५ लाख ६१ हजार आठ सय ९८ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया