Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको नयाँ शाखा गाईघाटमा

एभरेष्ट बैंकको नयाँ शाखा गाईघाटमा


काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले गाईघाटमा पनि शाखा खोलेको छ । बैंकका अनुसार समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङसेवा र सुविधाहरू उपलब्ध गराउनका लागि गाईघाट उदयपुरमा आफ्नो १०२औं शाखाको बुधबार उद्घाटन गरिएको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धिरकुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्तरूपमा गाईघाट, उदयपुर शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष, भिमबहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्णबहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक र पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमारले उद्घाटन समारोहको मन्तव्यमा गाईघाट क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैंकिङसेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय दुईवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३४ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९६ करोड १९ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५० करोड ९८ लाख २९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुंजी आठ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ५० अर्ब १८ करोड २६ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ४९ करोड १९ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ८९ करोड सात लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ७० प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६७ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब २१ करोड १७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ९० करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया