Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसन नेपालद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमादाबी रकम भुक्तानी

सन नेपालद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमादाबी रकम भुक्तानी


काठमाडौं, पुस २५
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमादाबी भुक्तानी गरेको छ । कम्पनीले यही पुुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अनुसार बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र किरीया खर्च रकमबापत एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजार रूपैयाँको चेक उपलब्ध गराएका हुुन् । साथै कम्पनीद्वारा नेपालगन्जमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया