मेगा बैंकको रिक्सा नै धितो राखी रिक्सा चालकलाई कर्जा दिने योजना

काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीनपाङ्ग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।
सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका हुुन् । विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीनपाङ्ग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।
मेगा बैंककी सीईओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरैभन्दा धेरै व्यक्तिहरूलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन् । नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरूलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया