Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस कार्ड सार्वजनिक

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस कार्ड सार्वजनिक


काठमाडौं ।
माछापुच्छ्र बैंक लिमिटेडले भिषा कार्डमार्फत हुने कारोबारहरूलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा गरिएको बैंकले जानकारी दिएको छ । कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी (पोइन्ट अफ सेल्स)मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ट्याप एण्ड पे सुविधामा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने दुुई हजारभन्दा बढीको काराबोर गर्दा कार्ड पिन नम्बर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पस मसिनलाई ट्याप एण्ड पे सुविधायुक्तमा स्त्तरोन्नति गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया