Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला सहयात्रा लघुवित्तको वार्षिक साधारणसभा

महिला सहयात्रा लघुवित्तको वार्षिक साधारणसभा


काठमाडौं ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्याय रिट्रिटरिसोर्ट बज्रबाराही मकवानपुरको सभाहलमा बुधबार उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रियस्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफा र सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७७/७८का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट रिक्त दुई जना सर्वसाधारण सेयरधनीका तर्फको सञ्चालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया