Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकद्वारा नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टिग्रेसनको सेवा सुभारम्भ

नबिल बैंकद्वारा नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टिग्रेसनको सेवा सुभारम्भ


काठमाडौं ।
नबिल बैंकले नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टिग्रेसनको सेवा सुचारु गरेको छ । आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टिग्रेसन सुविधाको सुरुवात गरेको जनाएको छ । यो सुविधाअन्तर्गत अब ग्राहकहरूले आफ्नो कार्डको जानकारीजस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता, निष्क्रियता तथा कार्डमार्फत साइनअपजस्ता कार्यहरू नबिल स्मार्ट बैंक एपद्वारा नै गर्न सक्नेछन् ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट, तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल एक सय १९ शाखा, एक सय ८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । बैंकल नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दे आएको दाबी समेत गरेको छ ।

बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको जानकारी पनि बैंकले दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुुई अर्ब एक करोड ६० लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १३ अर्ब ४८ करोड एक लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुुई खर्ब १४ करोड ९४ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७० अर्ब ५२ करोड १६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा चार दशमलव सात प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ८४ करोड २८ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया