Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा


काठमाडौँ ।
एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा उपलब्ध गराएको छ । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवाको सुरुवात गरेको हो ।

आफ्ना लाखौँ ग्राहकहरूको समस्या यथाशीघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले एनआईसी एसिया बैंकमार्फत यो नवीन कार्यको थालनी गरेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउने क्रममा यो कस्टुमर केयरबाट डिजिटल बैंकिङ प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको एनआईसी एसिया मोबाइल बैंकिङभित्र रहेको यस कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् च्याटबट, गुनाासो, इमेल सुविधा आदि पाउने सकिने
बैंकले जनाएको छ ।

च्याटबट ः मोबाइल बैंकिङ एपभित्र रहेको यस सुविधाभित्र ग्राहकहरूले बैंकको अनलाइन सेवाहरू (इन्टरनेट, मोबाइल, भाइबर, मिसकल, बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ समयजस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिनेछ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क ः यसमार्फत ग्राहकहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो सेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्सलगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट ः ग्राहकहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नेछन् । आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्रयाकिङ समेत सजिलै गर्न सक्नेछन् ।
भिडियो टुर्टल ः बैैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारीमूलक भिडियो सामग्रीहरू समेत ग्राहकहरूले हेरी डिजिटल सेवाहरू आफैँ उपभोग गर्न सक्नेछन् ।

इमेल सुविधा ः ग्राहकहरूले यो कस्टुमर केयरभित्र रहेको इमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै इमेल पठाउनसक्ने व्यवस्था समेत रहेको छ ।
एफएक्यूस ः बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्नेछन् ।

ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यो बैंकका सेवासम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ आवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया