Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुुच्छ्रे बैंकको किसान कार्ड

माछापुुच्छ्रे बैंकको किसान कार्ड


काठमाडौं, पुस २९
माछापुुचछ्रे बैंकले किसान कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले साना किसानहरूको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यले कार्ड सेवा सञ्चालनमा ल्याएको हो । बैंकका अनुुसार यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा कार्ड सञ्चालनमा ल्याइएको हो । यसबाट विभिन्न १४ जिल्लाका किसानहरूले चार लाख रूपैयाँ सम्मको कृषि कर्जा प्राप्त गर्न सक्नेछन् । पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाँउपालिकामा अवस्थित साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरूलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । कार्डमार्फत कृषकहरूले माछापुुचछ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् । हाल बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ४४ वटा शाखाहरूलगायत एक सय ३८ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा दुई सय ८२ स्थानबाट ग्राहकहरूमा बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया