Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआगामी आवको बजेट घोषणापछिको पहिलो सेयर कारोबार :

आगामी आवको बजेट घोषणापछिको पहिलो सेयर कारोबार :

बजार परिसूचक र कारोबार रकम हालसम्मकै उच्च, एकै दिन १७ अर्बभन्दा बढीको कारोबार


काठमाडौं ।
सेयर बजारमा सरकारले आगामी आर्थिक वर्षको लागि घोषणा गरेको बजेटको सकारात्मक प्रभाव देखिएको छ । अघिल्लो दिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेटको घोषणा गरेका थिए भने पुँजीबजार, वस्तु विनिमय बजार सुधारको लागि प्रभावकारी कदम चाल्ने घोषणा गरेका थिए । सोपश्चात् खुलेको पहिलो दिन अर्थाात् आइतबार बजेटको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।

यसदिन सेयर बजार परिसूचक र कारोबार रकम हालसम्मकै उच्च बिन्दुुमा पुुगेको छ । बजार परिसूचक १२ दशमलव ५४ अंकले उकालो लागेर २८ सय २७ दशमलव ९३ अंकमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३५ अंकले उकालो लागेर पाँच सय सात दशमलव पाँच अंकमा चढेको छ ।

यसदिन १३ वटा उपसमूहअन्तर्गत दुई सय १९ वटा कम्पनीहरूको सेयर खरिदबिक्री भएका छन् । जसबाट एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट यसदिन कुल कारोबार रकम १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार दुई सय ४५ रुपैयाँ पुगेको छ ।

यसदिन कारोबार भएका कुल उपसमूहरूमध्ये सातवटा उपसमूहको सूचक उकालो लागेका छन् भने छवटा उपसमूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १९ दशमलव ९४ अंकले उकालो लागेर १८ सय ७६ दशमलव ९९ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि दुई सय ५५ दशमलव २५ अंकले उकालो लागेर तीन हजार सात सय सात दशमलव २४ अंकमा चढेको छ ।

यसैगरी फाइनान्स उपसमूहको सूचक पनि ८३ दशमलव ९१ अंकले उकालो लागेर १७ सय ३४ दशमलव ७४ अंकमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ६४ दशमलव १२ अंकले उकालो लागेर १४ हजार आठ सय २५ दशमलव ६७ अंकमा चढेको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि ९६ दशमलव एक अंकले उकालो लागेर १८ हजार पाँच सय ३३ दशमलव ७८ अंकमा चढेकोमा होटल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ३५ दशमलव ४४ र शून्य दशमलव ५५ अंकले उकालो लागेका छन् ।

जलविद्युत् उपसमूहको सूचक भने यसदिन शून्य दशमलव ६६ अंकले ओरालो लागेर तीन हजार १५ दशमलव ८१ अंकमा झरेकोमा लघुवित्त उपसमूहको सूचक पनि ७४ दशमलव चार अंकले ओरालो लागेर पाँच हजार तीन सय ६० दशमलव ३५ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक, अन्य र लगानी उपसमूहहरूको सूचक पनि क्रमशः ३२ दशमलव ६७, पाँच दशमलव ३१, ५४ दशमलव ६४ र शून्य दशमलव २७ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको ज्योति विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६३ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोेस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९६ प्रतिशतले बढेर दुुई सय ९८ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक अरुण खोला जलविद्युुत् कम्पनी, लुम्बिनी विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेर चार सय ७० रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि छ दशमलव २६ प्रतिशतले घटेर चार सय चार रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मिथिला लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ४७ करोड ४० लाख ९० हजार दुई सय एक रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको पनि प्रतिकित्ता चार सय ५३ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ९२ लाख ६३ हजार सात सय ९० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक बुुटवल पावर कम्पनी, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया