Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्स र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

शिखर इन्स्योरेन्स र एनआईबीएल एस क्यापिटलबीच सम्झौता


काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि एनआईबीएललाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने विषयमा सम्झौता गरेको हो ।

Open Photo

सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरूमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रूपमा स्थापित हुन सफल भएको कम्पनी हो । कम्पनीले हाल कायम भएको चुँक्ता पुँजीको ३० प्रतिशतले हुनआउने ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दै छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया