Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा जेठ ३१ गतेसम्म खोलिने शाखाहरूको सूची सार्वजनिक

डेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा जेठ ३१ गतेसम्म खोलिने शाखाहरूको सूची सार्वजनिक


काठमाडौं ।
विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले यही जेठ ३१ गतेसम्म खोलिने शाखाहरूको विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी रूपमा फैलिए रहेको कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण गर्दे उच्च सतर्कताको साथमा बैंकिङ सेवा प्रभाह गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको यही जेठ १० गतेको सूचनामार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार काठमाडौँ उपत्यकाभित्र ख वर्गका विकास बैंकहरूको हकमा काठमाडौँ जिल्लामा दुईवटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा खोल्नको लागि निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार एसोसिएसन नेपालमा आबद्ध राष्ट्रियस्तरका आठवटा सदस्य विकास बैंकहरूले जेठ २३ गते आइतबारदेखि जेठ ३१ गते सोमबारसम्म खुल्ने विकास बैंकहरूको शाखाको विवरण सार्वजनिक गरेका हुन् । एसोसिएसनका अनुसार काठमाडौँ उपत्यकाभित्र विकास बैंकहरूका शाखा कार्यालयहरू खुल्ने समय बिहान १० बजेदेखि दुई बजेसम्म मात्र रहेको छ । उपत्यकाबाहिरको हकमा भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ ।

Open Photo

Open Photo


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया